+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प प्रभावित घरधनीलाई प्रमाणपत्र वितरण, गुम्दाका २ सय घरधनीले पाए प्रमाणपत्र

4KNationalDaily
२०७६ पुष ३, बिहीबार १७:४८ बजे

गाेरखा- धार्चे गाँउपालिकाको वडा नम्बर ५ स्थित गुम्दाका भूकम्प प्रभावित घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण सुरु गरिएको छ ।

गुम्दामा आयोजित कार्यक्रममा पुनर्निर्माण सम्पन्न गर्ने २ सय बढी घरधनीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

धार्चे गाँउपालिकाका उपप्रमुख फूलमाया गुरुङले विभिन्न कठिनाईका बाबजुद् निजी आवास निर्माण सम्पन्न गर्ने घरधनी तथा उक्त कार्यका लागि सहयोग पुर्याउने पालिकामा कार्यरत विभिन्न संघसस्थालाई आभार प्रकट गरिन् ।

उपाध्यक्ष गुरुङले पुनर्निर्माणसंग सम्बन्धित सहयोगी संघसंस्थाको समन्वयमा धार्चे गाँउपालिकामा पुनर्निर्माणले गति लिएको बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष तुलबहादुर गुरुङले गुम्दामा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले निजी आवास पुनर्निर्माण सहज भएर सम्पन्नता प्रमाणपत्र वितरण गर्न सफल भएको बताए ।

यस्तै, भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले भूकम्प पश्चात पुनर्निर्माण भएका घर तथा आगामी दिनमा बन्ने संरचना पनि भूकम्प प्रतिरोधी बनाउन अग्रसर हुनुपर्ने बताए ।

यसैबीच, परियोजनाले धार्चेका वडा नम्बर ५, ६ र ७ मा १६६९ भूकम्प प्रभावित घरधनीलाई सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ ।

परियोजनाले भूकम्प प्रतिरोधी घर निर्माण,वैकल्पिक प्रविधि अन्र्तगत तारजाली घर निर्माण, प्रवलीकरण सुधार प्रविधिमा करिब २ सय डकर्मीलाई तालिम प्रदान गरेको छ ।

साथै, धार्चेको तीन वटै वडामा सामुदायिक नाटक लगायत निजी आवास पुनर्निर्माण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको परियोजना अन्र्तगत गाँउपालिकाका टोलि संयोजक एवम् इन्जिनियर सर्वेश शर्माले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily