+
Search

ताजा अपडेट +

पपुलर +

नेकपालाई ‘मालिक’ र राजपालाई ‘दास’को संकेत दिँदै बाबुरामले भनेः नयाँ मालिकहरू झन धूर्त

4KNationalDaily
२०७६ पुष ३, बिहीबार १८:३१ बजे

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहमतिलाई लिएर कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन् ।

राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टीसँग छलफल नै नगरी सत्ताको नेतृत्व गरेको नेकपाले बुधबार राष्ट्रिय सभामा रहेका प्रदेश २ का चार सिटमा दुई/दुई लिने गरी सहमति भएपछि भट्टराईले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने टिप्पणी गरेका छन् ।

‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ–दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न’, उनले लेखेका छन्, ‘फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पिस छन् । अहिलेका नया मालिकहरू झन धूर्त छन् । खाँचो छ नयाँ स्पार्टाकसको । सबैलाई चेतना भया ।’

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिँदै मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै नयाँ मालिकहरु झनै धूर्त रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily