+
Search

ताजा अपडेट +

पपुलर +

ताप्लेमा निशुल्क स्वास्थ शिबिर : ३ सय जनाले सेवा लिए सेवा

4KNationalDaily
२०७६ पुष ६, आईतवार ०९:५९ बजे

गाेरखा- लायन्स क्लब अफ गोर्खा सिटिको आयोजनामा गोर्खा नगरपालिका १ ताप्लेमा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ।

आमाबा हस्पिटल प्रा. लि र समानता डेन्टल प्रा.लिको प्राबिधिक सहयोगमा शिबिर संचालन गरिएको हो।

शिविरबाट ७ बर्षदेखि ९९ बर्ष समुहका झन्डै ३०० जनाले सेवा लिएका छन् । जनरल स्वास्थ्य सेवा सँगै दाँत परिक्षण सेवा पनि प्रदान गरिएको थियो ।


गोर्खा नगरपालिका नै भएपनी स्वास्थ्य सेवा लिनका लागि गोर्खा सदरमुकाम आउनु पर्ने कारण सानातिना स्वास्थ्य समस्याहरुको ख्याल नगर्ने गरेको स्थानियहरु बताउछन् ।

सेवाग्राहीहरुले आफ्नै घर आगनमै स्वास्थ्य सेवा लिन पाउँदा खुशी ब्यक्त गरेका थिए।

दैनिक जिवनमा खानपान तथा स्वास्थ्य सम्बन्धि जनचेतना कम भएका कारण सामान्य रोगले पनि जटिल अवस्था निम्त्याउन सक्ने भन्दै सन्तुलित खानपान र नियमित स्वास्थ्य जाँचलाइ ध्यान दिनुपर्ने डा. प्रनिस पोखरेले बताए ।

शिबिर समापनको सानो औपचारिक कार्यक्रम गर्दै क्लबले सहयोगी संस्थाहरुलाइ प्रसंसा पत्रले सम्मान गरेको छ ।

कार्यक्रमको समापन गर्दै क्लबका संस्थापक अध्यक्ष लायन कर्ण बहादुर गुरुङले गोर्खा नगरपालिकामा मात्रै नभई आगामी दिनमा अझै दुर्गम क्षेत्रलाई पनि प्राथमिकता दिने बताए ।

Image may contain: 3 people, including Lion Karna Bahadur Gurung

नबज्योती मा.विको प्राङ्गणमा भएको स्वास्थ सिविरमा स्थानीय क्लब श्री दिपज्योती नेपाल युवा क्लब र श्रे देविस्थान आमा समूहले मुख्य सहयोगी भुमिका खेलेका थिए भने कार्यक्रमका संयोजन एव संचालन लायन्स क्लब गोर्खा सिटिका सस्थापक प्रथम उपाध्यक्ष इमानले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily