भच्चेक (गोरखा)- समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी सरकारमा नभएको बताएका छन् ।
सुशीला अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार भच्चेकमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
भच्चेक स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको दरबन्दी आवश्यक रहेको भन्दै उनले भने ‘कम्तीमा अहिले तत्काल एमडी स्तरको दरबन्दी हुनुपर्छ । यसको निम्ति म प्रत्ययन गर्छु । तत्काल त सम्भव नहोला तर पनि हामी सरकारमा भएको जस्तो, नभएको जस्तो छौँ। हामी सरकारमा नै छैनौँ । त्यो त एउटा परिबेसमा भएका हौँ । हामी जसरी भए पनि कम्तीमा एउटा डाक्टरको दरबन्दी भच्चेक स्वास्थ्य चौकीमा उपलब्ध गराउने छौँ ।’
चेप खोलाको किनार ‘दुधपोखरी मार्ग’
अजिरकोट गाउँपालिका हुँदै बग्ने चेप खोलाको किनारलाई दुधपोखरी मार्ग बनाउने योजना रहेको उनले बताए । उनले पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका हुँदै अजिरकोट गाउँपालिकाको वालाङसम्म सडक खण्डको ट्याक खोल्ने र सम्भव भएसम्म पिच गर्ने आफ्नो योजना रहेको बताए ।
यो सडक खण्डको ट्याक समेत कतै खनिएको छैन। यो मार्गको ट्याक खोलिएमा पालुङटार हुँदै सिरानचोक गाउँपालिकाको थालाजुङ्ग ओख्रेनी(-केराबारी-नेपाने-पुटुङ्ग-काफँलडाडा-बुधसिंग हुँदै खरिबोटको वलाङ्ग खण्डमा पुग्छ ।
वालाङ्ग हुँदै लम्जुङ्गको दुधपोखरी गाउँपालिकाको ठुलो गाउँको बिचमा पक्की पुल निर्माण गरी सोही चेप खोलाको किनार(किनार लम्जुङ्गको तुरतुरे जोड्ने पर्यटक सकृिट निर्माण गर्ने उनको योजना रहेको छ ।
पालुङटार नगरपालिका हुँदै अजिरकोट गाउँपालिकाको वालाङ जोड्ने यो मार्गको चेप खोलाको किनार(किनार ट्याक खोल्ने योजना रहेको छ । यो आयोजना विगतका वर्षमा समेत कृषि सडक आयोजना भन्दै बजेट आए पनि बजेट फिर्ता हुँदै आएको थियो ।
भच्चेक स्वास्थ्य चौकी १५ शय्या
गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकी एक मात्र हो । साबिकको क्षेत्रीय अस्पताल रहेको जौवारिमा कम मात्रमा अजिरकोटका स्थानीय उपचारका लागि जाने भए पनि सबैको पहुँचमा नभएको स्थानीयले गुनासो गरेका छन्।
डा। भट्टराईले स्वास्थ्य चौकीलाई अपडेट गर्नुपर्ने बताए । भने ‘गाउँपालिकाको केन्द्र भएकाले पनि उपचारका लागी बाहिर जानुपर्ने जुन अवस्था छ । त्यो निकै नै दयनीय छ । त्यसैले यो स्वास्थ्य चौकीलाई कम्तीमा पनि १५ शय्याको अस्पतालका रूपमा बनाउनु पर्छ । त्यसका लागी आवश्यक पहल गर्नेछु ।’
प्रहरी चौकीमा प्रहरी निरीक्षक
करिब २० हजार भन्दा धेरै जनसखा रहेको अजिरकोट गाउँपालिकामा जम्मा ६ जना प्रहरी कार्यरत छन् । जसमध्ये ३ जना सञ्चारका हुन् भने बाँकी अन्यका । डा भट्टराईले भने ‘६ जना प्रहरीले कति जनालाई सुरक्षा दिन सक्छ । यस्तो लाजमर्दोसम्म हुदोरहेछ । त्यसैले कम्तीमा पनि प्रहरी निरीक्षकको कमान्डमा जनतालाई सुरक्षा दिन आवश्यक रहेको छ ।’
डिजिटल एक्स-रे मेसिन सहितको सेवा
भच्चेक स्वास्थ्य चौकीलाई प्रतिष्ठानले आधुनिक प्रविधि सहितको डिजिटल एक्स-रे मेसिन उपलब्ध गराएको छ । एक कार्यक्रमकाविच डा भट्टराई ले उद्घाटन गरे ।
प्रतिष्ठानले अजिरकोट गाउँपालिका(३, हंसपुरमा रहेको एक मात्र स्वास्थ्य चौकीलाई विभिन्न संघ संस्थाहरूको सहकार्यमा आधुनिक प्रविधिको एक्स-रे मेसिन उपलब्ध गराएको हो ।
संस्थाका अध्यक्ष कुश्माखर अधिकारीका अनुसार स्वगिय सु शिला अधिकारीको पहिलो बार्षकिको अवसर पारेर शनिवार अजिरकोट गाउँपालिका जनप्रतिनिधिको रोहवरमा स्वास्थ्य चौकीलाई मेसिन हस्तान्तरण गरिएको हो ।
स्थापना भएको दसकौँ भैसक्दापनी भच्चेक स्वास्थ्य चौकीको अवस्था दयनीय छ । साधारण जाँचहरू पनि नहुँदा यहाँका जनता सदरमुकाम वा जिल्ला जानुपर्ने पाद्यता रहेको छ ।
एक्स-रे, अल्टा साउड लगायतका सुविधा आफ्नै गाउँ ठाउँमा उपलब्ध भएपछि उपचारको लागि अन्त जानुपर्ने अवस्थामा कमी आउने विश्वास अधिकारीको लिएका छन् ।
करिब २० लाखको अनुमानित खखर्च लाग्ने यो काममा विभिन्न देशमा पैसा सङ्कलन गर्ने कार्य भइरहेको अध्यक्ष अधिकारीले बताए । मेसिन हस्तान्तरण कार्यक्रममा वरिष्ठ डाक्टरहरूको उपस्थितिमा बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो ।
भिडियो
प्रतिक्रिया