काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तारिफ गरेका छन् । उनले जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको भन्दै सरकारको प्रशंशा गरेका हुन् ।
शनिवार बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको बताए ।
‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ’, उनले भने ।
उनले नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएको बताएका छन् ।
उनले भने, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्र्दा ठूला ठूला परिवर्तन भएका छन् ।’
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए ।
‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ।
प्रचण्डले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिए । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे ।
प्रतिक्रिया