काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक जना मन्त्री बन्दैमा उत्पीडिक वर्गको मुक्ति नहुने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
उनले राजको शासनकालदेखि अहिलेसम्म उत्पीडित वर्ग, क्षेत्र, जाति लिंगका प्रतिनिधि बनेर मन्त्री बने पनि मुक्तिको प्रश्न भने यथावत नै रहेको बताएका छन् ।
‘इतिहास दोहोरिन्छ किनभने लोग्नेमान्छेहरूले बारम्बार गल्ती दोहोर्याइरहन्छन्’ भन्ने अंग्रेजी भनाइलाई उल्लेख गर्दै उनले यो कुरा उत्पीडित, जाति, वर्ग, क्षेत्र, लिंगका मानिसहरुले बुझ्नुपर्ने बताएका छन् ।
उनले शासक वर्गले जाति, लिंगले उत्पीडित भित्रकै केहीलाई सहवरण गरेर आफ्नो सत्ता टिकाउँदै आएको इतिहास साक्षी रहेको बताएका छन् ।
हीरालाल विश्वकर्मा,फत्तेसिंह थारू,सुशिला थापाहरू राजाका मन्त्री बनेर मधेसी,जनजाति,दलित,थारू,महिलाको मुक्ति भयो? भएन! बरू उत्पीडित समुदायको मुक्तिसंघर्ष भुत्ते भयो!अहिले पनि इतिहास दोहोरिइरहेछ!हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै‘फुटाउ र राज गर’ नीति अपनाइरहेछन्!सावधान!
— Baburam Bhattarai (@brb1954) December 27, 2019
समाजवादी पार्टीलाई सरकारबाट निकालेर राजपालाई सरकारमा लैजान खोजिएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले उत्पीडित वर्गको संघर्षलाई भुक्ते बनाउन सरकारले चलेको कदम भएको भन्दै त्यसमा नफस्न आग्रह गरेका छन् ।
‘वेदानन्द झा, बालाराम घर्ती मगर हीरालाल विश्वकर्मा, फत्तेसिंह थारू, सुशीला थापाहरू राजाका मन्त्री बनेर मधेसी, जनजाति, दलित, थारू,महिलाको मुक्ति भयो ? भएन ! बरू उत्पीडित समुदायको मुक्तिसंघर्ष भुत्ते भयो’, उनले ट्विटरमा भनेका छन्, ‘अहिले पनि इतिहास दोहोरिइरहेछ । हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै ‘फुटाउ र राज गर’ नीति अपनाइरहेछन् ! सावधान !’
प्रतिक्रिया