+
Search

ताजा अपडेट +

पपुलर +

कलङ्की-नागढुंगा सडकका खाल्डा तत्काल पुर्न मन्त्री नेम्वाङकाे निर्देशन

4KNationalDaily
२०७६ पुष १३, आईतवार १९:२१ बजे

काठमाडाैं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कलङ्की-नागढुंगा सडकखण्डको अनुगमन गरेका छन्।

नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज भएकाे र जाम हुने गरेकाे गुनासाे आएपछि मन्त्री नेम्वाङ अनुगमनमा निस्किएका हुन्। उनले शनिबार यस खण्डको स्थलगत निरिक्षण गरे।

अनुगमनपछि मन्त्री नेम्वाङले काठमाडाैं सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमुखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिए।

मन्त्री नेम्वाङको सक्रियतामा चाबहिल गौशला सडकखण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम भएको छ।

अनुगमनमा काठमाडाैं क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily