+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ वर्ष मनाउन बलिउड अभिनेत्री मल्लिका नेपालमा

4KNationalDaily
२०७६ पुष १३, आईतवार १९:२८ बजे

काठमाडौं- बलिउडकी चर्चित अभिनेत्री मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन्। उनी नयाँ वर्ष २०२० मनाउनका लागि २७ डिसेम्बरमा नेपाल आएकी हुन्।

उनले नेपाल आउने क्रममा ट्वीटरमा एक भिडियोसँगै क्याप्सन लेखेकी थिइन्, ‘नयाँ वर्षको लागि बुद्धको जन्म स्थान नेपालको भ्रमण गर्दैछु।’

मल्लिका यतिबेला आफू भैरहवा भ्रमणमा रहेको ट्वीटरमार्फत् जानकारी गराएकी छन्। मल्लिका बलिउडमा आइटम डान्सरका रुपमा चर्चित छिन्। थुप्रै फिल्मका आइटम नम्बरमा उनले कम्मर मर्काएकी छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily