काठमाडौं- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा जाने भएका छन् ।
नेकपाको बिहिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ।
त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।
त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्।
गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य हुन्। त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ।
प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन्।
प्रतिक्रिया