काठमाडौं- कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी ध्वस्त बनाएको आरोप लगाएकी छिन् ।
उनले यो आरोप शुक्रबार बिहान बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा लगाएकी हुन् ।
उनले भनिन्, ‘सभापति देउवाले गुट उपगुटलाई प्रश्रय दिएर पार्टी कमजोर बनाए ।’ देउवाले नै नेतृत्व गरिरहने हो भने कांग्रेस पार्टी विलिन हुने नेतृ कोइरालाको भनाइ छ ।
नेतृ कोइरालाले सरकारले हालै अघि बढाएको सञ्चार विधेयक एकपक्षीय भएको आरोप समेत लगाइन ।
सरकारका भ्रष्टाचार ढाकछोप गर्न विधेयक अघि बढाइएको उनको भनाइ छ ।
फरक प्रसंगमा नेतृ कोइरालाले निर्मला पन्तका बलात्कारी र संरक्षकलाई फाँसीको सजाय हुनुपर्ने पनि बताइन् ।
प्रतिक्रिया