+
Search

ताजा अपडेट +

पपुलर +

सुनको तोलाकै ७६ हजार, व्यवसायी भन्छन्: अझै कति बढ्छ भन्न सकिन्न

4KNationalDaily
२०७६ पुष २२, मंगलवार ०८:०९ बजे

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो।

तीन दिनमा २ हजार ५ सय रुपैयाँ महँगिएपछि सोमबार प्रतितोला (११.६६४ ग्राम) सुनको भाउ नयाँ उचाइमा पुगेको हो।

अमेरिका र इरानबीच युद्ध जोखिम बढ्दै गएपछि विश्व बजारमै सुनको मूल्य उकालो लागेको छ।

सुनको भाउ लगातार बढेपछि बजारमा सुनको बिक्री लगभग बन्द भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

तर कतिसम्म बढ्छ भन्ने पूर्वानुमान गर्न सकिने अवस्था नभएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily