काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल उपाधि तर्फ लम्किएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई २–० गोलले स्तब्ध बनायो ।
यो जितसँगै लिभरपुले शीर्ष स्थान थप मजबुत बनाएको छ । जारी सिजन अपराजित यात्रा कायम राखेको लिभरपुलको यो २१औं जित हो । लिभरपुलले एक खेल मात्र बराबरी खेलेको छ ।
लिभरपुलको जितमा भर्जिल भान डाइक र मोहमद सलाहले गोल गरे । भान डाइकले १४औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले ट्रेन्ट अलेक्जेन्डरको कर्नरमा पासमा गोल गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा काउन्टर प्रहारमा सलाहले गोल गर्दै लिभरपुलको जित निश्चित बनाए । युनाइटेटविरुद्ध सलाहको यो पहिलो गोल हो ।
यसअघि सलाहले युनाइटेडको पोस्ट्मा गोल गर्न सकेका थिएनन् । जारी सिजन प्रिमियर लिगमा भिएआरको विरोध भइरहेको बेला आइतबार राति पनि लिभरपुलले पहिलो हाफमा गरेको दुई वटा गोल भिएआरको सहायतामा रद्ध भएको थियो ।
यद्यपी लिभरपुलले दोस्रो हाफमा थप उत्कृष्ट प्रदर्शन गर्दै विजयी भयो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २२ खेलबाट ६४ अंक छ । ३४ अंक बनाएको युनाइटेड पाँचौं स्थानमा छ ।
प्रतिक्रिया