काठमाडौं- चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चित बनेका पवन गिरीले आफ्नो दोस्रो गित ‘बधाई छ’ सार्वजनिक गरेका छन् ।
आइडलको सिजन २ बाट उदाएका गिरीले पहिलो गीतको रुपमा ‘मलाई उक छिन देउ’ लिएर आएका थिए । चर्चित बनेको ‘मलाई एक छिन देउ’मा न्ह्यु बज्राचार्यले कम्पोज गरेका थिए भने गीतको शब्द दुर्गालाल श्रेष्ठको थियो ।
गिरीको दोस्रो सेन्टिमेन्ट रक गीत ‘बधाई छ’ शनिबार सार्वजनिक भएको हो । गीतमा गिरीको स्वर र कल्यान सिंहको संगीत र शब्द रहेको छ ।
लोकेश बज्राचार्यले निर्देशन गरेको गीतको भिडियोलाई वाइड लेन्स प्रोडक्सनले सार्वजनिक गरेको हो । गीतको भिडियोमा चर्चित अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा र पर्सि गजुरेलले फिचिरिङ गरेका छन् ।
भिडियो
प्रतिक्रिया