काठमाडौं- पछिल्लो समयकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ ।
त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् । अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए ।
तर दुबै फिल्म बक्सअफिसमा असफल ठहरिए । सायद त्यसैले पनि होला उनी अहिले मौन छिन् । पछिल्लो समय उनी प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् ।
जसको पुष्टि उनले बेलाबेलामा सार्वजनिक गर्ने तस्विरले पनि गर्दछ । यसैबीच, साम्राज्ञीले एक म्यूजिक भिडियो समेत अभिनय गरेकी छन् । साम्राज्ञीले प्रेमी देवांशसँग म्युजिक भिडियोमा काम गरेकी हुन् ।
साम्राज्ञी आफैले प्रेमीसँगको तस्वीर सार्वजनिक गर्दै म्युजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् ।
उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी हुन् ।
अब म्युजिक भिडियो अभिनयमा निरन्तरता रहन्छ, रहँदैन यस विषयमा भने केही बताएकी छैनन् ।
प्रतिक्रिया