काठमाडौं- प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।
उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।
ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ः०० बजे बस्नेछ ।
मङ्गलबार उम्मेदवारी दर्ता
सङ्घीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ ।
संसद् भवनमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मङ्गलबार अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
प्रतिक्रिया