काठमाडौं- जात नमिलेका कारण केटीले विवाह गर्न नमानेपछि काठमाडौंको जोरपाटीमा एक युवाले आत्महत्या गरेका छन्।
रौतहट घर भई दक्षिण ढोका नजिकै गलैचा कारखानामा काम गर्दै आएका टेकबहादुर तामाङले आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।
तामाङले प्रेममा परेकी युवतीले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ।
तामाङले कारखानामा रहेको फलामको डण्डीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। छिमेकीका अनुसार मृतक तामाङ निकै मिलनसार र असल स्वभावका थिए।
प्रतिक्रिया