+
Search

ताजा अपडेट +

पपुलर +

श्रम स्वीकृति लिएका कामदारको नेपालमै मृत्यु भए पनि अब सरकारले सात लाख दिने

4KNationalDaily
२०७६ माघ ७, मंगलवार १०:५८ बजे

काठमाडौं- सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन्।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो।

यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वकत्ति अवधिमा नै नेपाल आइ विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीका नजिकका हकवालाले आर्थिक सहायता स्वरुप जनही सात लाख रुपैयाँ पाउने भएका छन्।

०७४ अघि मृत्यु भएका श्रमिकको हकमा भने ३ लाख रुपैयाँ दिइने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily