काठमाडाैं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निर्माण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका छन्।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाडौंमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडीतहरुको प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कसैको घर बन्न नसकेको भए के कस्तो समस्या भएको हो जानकारी गराउन आग्रह गरेका हुन्।
उनले भने ‘हामीले अहिलेसम्म जनतालाई घर बन्ने कुरामा प्रोरित गरिराखेका थियौं घर बनाउनुस् भनिराखेका थियौं। हामीले पटकपटक अवसर दिइराखेका छौं। तर, अब प्राधिकरणको आफ्नै समय अवधि पनि छैन हामीले धेरै समयसम्म पर्खेर बस्ने अवस्था पनि बन्दैन यदि तपाईंहरुलाई केही समस्या छ भने भन्नुहोस्, के समस्याको कारणले घर बनाउन सक्नुभएको छैन्।’
कार्यक्रममा भूकम्प पीडीतहरुले एकमुष्ट रकम दिएको भए राम्रो हुने बताए। जवाफमा उनले एकमुष्ट रकम दिएको भए गाउँगाउँमा विकृति आउने दाबी गरे।
अहिले ५० हजार रुपैयाँ लगेर घर नबनाउनेहरु पनि धेरै भएको उल्लेख गर्दै ३ लाख रुपैयाँ दिएको भए आधा पनि घर नबन्ने अवस्था आउने उनकाे भनाइ छ।
प्रतिक्रिया