गोरखा- नबदुर्गा एफ सिलाई हराउदै जराङ कपुको उपाधि खोप्लाङको पोल्टामा पारेको छ। बारपाक सुलिकोट गाउँपालिकाको जराङमा भएको खुल्ला नकआउट फुटबलमा नवदुर्गालाइ हराउदै खोप्लाङले उपाधि हात पारेको हो ।
जराङ कपको यो २०औ सस्करण हो । हरेक बर्ष माघेसक्रान्तिमा हुदै आएको खुल्ला नकआउट खेलकुद यस बर्ष खराब मौषमका बाजुलपनि सम्पन्न भएको क्लवले जनाएको छ ।
जनप्रेमी युवा क्लब जराङको आयोजनामा माघ १ देखि ६ गते सम्म चलेको खेलमा जम्मा जम्मी २५ टिमको सहभागिता रहेको थियो ।
बारपाक सुलिकोट गाउँ पालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको आतिथ्यता भएको थियो । फाइनल खेलमा नबदुर्गा एफ सिलाई २(० को गोल ले पछि पार्दै खोप्लाङ बिजेता भएको हो ।
त्यस्तै फाइनल खेलको उपबिजेता नबदुर्गा एफ सि राम्छे दोस्रो भएको हो । जसमा पहिलो हुने खोप्लाङले नगद ७० हजार, कप, मेडल साथै प्रमाणपत्र पत्र प्राप्त गरेको छ ।
दोस्रो हुने राम्चेले नगद ३५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै खेल अबधी भर धरै गोल गरि सर्बाधिक गोलकर्ताको उपाधि खोप्लाङ एफ सिका अन्तिम गुरुङ ले नगद २ हजार सहित ट्रफि प्राप्त गरे ।
साथै खेल अबधि भर उत्कृष्ट खेल प्रदशन गरि उत्कृष्ट खेलाडीको उपाधी खोप्लाङ एफ सिका सुरेश छेत्रीले नगद २ हजार सहित ट्रफि प्राप्त गरे भने उत्कृष्ट गोलकिपरको उपाधी भने राम्चेका राजिभ तामाङले नगद २ अजार सहित ट्रफि प्राप्त गरे ।
प्रतिक्रिया