काठमाडौं- विमानस्थलको चेकिङका क्रममा ज्याकेट खोल्ने विषयमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच विवाद हुन्छ।
सुरुमा उनी नियमविपरीत हातमा कफीको ग्लास लिएर चेकिङमा प्रवेश गर्छिन्।
प्रहरी जवानले उनको हातको कफी लिएर छेउको टेबुलमा राख्दै ज्याकेट खोल्नैपर्ने बताएपछि राउत रिसाएर ज्याकेट खोली एक्सरेमा राखेर आएर बडी सर्च गराउँछिन्।
जवानले उनको कफी फिर्ता दिने खोज्दा उनले लिन मान्दिनन्। उल्टै प्रहरीसँग मुखामुख गर्छिन्। महिला प्रहरीले उनको झोलामा जबर्जस्ती कफी राखिदिन खोज्दा पोखिन्छ। त्यसपछि दुवैबीच भनाभन हुन्छ।
यही घटनामा गायिका राउतले फेसबुकमा प्रहरीलाई गाली गर्दै फेसबुकमा प्रहरीलाई गाली गर्दै भिडियो राखेपछि विवादमा परेकी हुन्।
विमानस्थलमा प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दा पनि फेसबुकमा गाली गरेका कारण प्रहरीले उनलाई कारबाही गर्न खोजेको देखिन्छ।
महिला प्रहरीलाई दुव्र्यवहार गरेका कारण मुद्दा चलाउन लागेको भए त्यहीबेला प्रहरीले उनलाई नियन्त्रणमा लिन सक्थ्यो। त्यतिबेला प्रहरीले केही मतबल गरेको देखिन्न।
प्रतिक्रिया