+
Search

ताजा अपडेट +

पपुलर +

बाहिरियाे पश्चिमी न्यून चापीय प्रणाली, यस्ताे छ काठमाडौंको मौसम

4KNationalDaily
२०७६ माघ ८, बुधबार ०८:४१ बजे

काठमाडौं-  वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएको छ। योसँगै तराई क्षेत्र भने हुस्सुले ढाकेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गएराति अर्थात् मंगलबार राति पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो। त्यसैकारण आज देशभरको मौसम सामान्यतया सफा रहनेछ।

तर तराईका अधिकांश स्थान भने यतिबेला हुस्सु/कुहिरोले ढाकेको छ। मौसम बदली नभएपछि अर्थात् आकाशमा बादल नभएपछि तराईमा हुस्सु/कुहिरो बढ्ने मौसमविद् बताउँछन्।

मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणाली भित्रिएर जब मौसम बदली हुन थाल्छ तब तराईमा हुस्सु/कुहिरो हट्न थाल्छ।

आज काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। तराई क्षेत्रमा भने हुस्सु/कुहिरो लागेकाले घाम देखिने सम्भावना कमै छ।

अपराह्नपछि तराई क्षेत्रका हुस्सु/कुहिरो कम हुँदै जाने मौसमविद् मानन्धरको अनुमान छ।

माैसम पूर्वानुमान महाशाखाले बुधबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

आज काठमाडौंको मौसम

आज काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौंमा घाम लाग्ने सम्भावना छ।

बिहान ५४५को रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री रहेको उनले जानकारी दिइन्।

सोमबार दिउँसो नेपालको पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी वायुको प्रणालीले देशभर मौसम बदली गराए पनि वर्षा र हिमपात भने पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भेगमा मात्र गराएको थियो।

किनकि यसपटक भित्रिएको न्यून चापीय प्रणाली अलि कमजोर खालको रहेको मौसमविद् बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily