+
Search

ताजा अपडेट +

पपुलर +

‘हट एण्ड बोल्ड’ निकिता [फोटो]

4KNationalDaily
२०७६ माघ ८, बुधबार १४:२८ बजे

काठमाडाैं-ताजधारी मिस नेपालहरुले नेपाली फिल्ममा बलशाली उपस्थिति जनाउन सकेका छैनन् । मलिना जोशीदेखि सृष्टि श्रेष्ठसम्मले मिस नेपालको उपाधि जितेपछि नेपाली फिल्ममा प्रवेश गरे ।

तर, फिल्मी करिअर कसैको सुखद बन्न सकेन । यही यथार्थबीच सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक विराज भट्ट हुन् ।

यो फिल्मभन्दा अगाडि उनी ‘रानीमहल’ मा अनुबन्ध भएकी थिइन् । तर, निर्माता र निर्देशकबीच लफडा भएपछि फिल्मको आधा छायांकन पनि नसकिँदै रोकियो ।

अब, यो फिल्म नबन्ने बताइएको छ । पहिलो गाँसमै ढुंगा लागेपछि निकिता निराश भएकी थिइन् । केही समय अभिनय सिकेपछि नयाँ फिल्म गर्ने मनस्थितिमा रहँदा उनलाई अभिनेता विराजले ‘साङ्लो’ अफर गरेका थिए ।

सुरुमा उनी यो फिल्म नगर्ने सोचमा थिइन् । तर, स्क्रिप्ट सुनेपछि उनले नकार्न सकिनन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनको जोडी अभिनेता विराजसँग बाँधिएको छ ।

फिल्मको ‘चरीले काफल टिप्यो’ बोलको गीतमा उनको नृत्य, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले मन पराएका छन् । अब, फिल्ममा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता धेरैमा छ ।

साङ्लो’ डेब्यू फिल्म भएका कारण यसको व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछन् । त्यसैले पनि फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनले प्रमोशनमा अभिनेता विराजलाई राम्रो साथ दिइरहेकी छन् ।

अहिले देशभित्र भैरहेका विभिन्न महोत्सवहरुमा फिल्मको प्रचार गर्न उनीहरु सँगै पुग्ने गरेका छन् । हालै यी दुई कैलालीको एक महोत्सवमा पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily