+
Search

ताजा अपडेट +

पपुलर +

रुविना भन्छिन्, ‘फिल्मी दुनियाँमा अटाउन गाह्रो छ’

4KNationalDaily
२०७६ माघ ८, बुधबार १४:३० बजे

काठमाडाैं-  नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश दिन दुई गुना र रात चौगुनाले बढिरहेको छ । अहिले हरेक हप्ता प्रदर्शन हुने फिल्ममा अभिनेता वा अभिनेत्री नयाँ अनुहार हुने गरेका छन् ।

तर, सफलता भने एकाधले मात्र हात पारेका छन् । कति फिल्म फ्लप हुँदा पनि अभिनय राम्रो भएका कारण चम्किएका छन् ।

भने, कति फिल्म हिट भएर पनि अभिनय कमजोर हुँदा गुमनाम छन् ।

यसबीच, आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको लभस्टोरी-कमेडी जनरामा निर्माण भएको फिल्म ‘लभ डायरिज’ बाट रुविना थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।

फिल्मको ‘सुन्यौ कि सुनेनौ तिमीले’ र ‘छमछम’ बोलको गीतमा उनको सुन्दरता, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले रुचाएका छन् । अब, फिल्ममा उनको अभिनय कस्तो भन्ने चासो धेरैमा छ ।

यो फिल्ममा रुविनाको जोडी ह्यान्डसम हंक सुशील श्रेष्ठसँग बाँधिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily