+
Search

ताजा अपडेट +

पपुलर +

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

4KNationalDaily
२०७६ माघ ९, बिहीबार १६:५७ बजे

काठमाडौं– सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यो जानकारी दिएका हुन्।

यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले शेयरबापत ३ अर्ब रुपैयाँ दिएको थियो ।

मन्त्रिपरिषदको बैठकले विद्युतीय बस प्राविधिक विवरण लागत अनुमानसहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जानकारी दिए ।

‘त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिने निर्णय गरिएको छ’ मन्त्री बास्कोटाले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily