काठमाडौं- राष्ट्रियसभाको बिहीबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ विजयी भएका छन्।
अन्य समूहअन्तर्गत भएको निर्वाचनमा श्रेष्ठले ३ हजार ४ सय ६२ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी सुर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाए।
विजयी भएपछि श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालमा राजनीतिक संघर्षको एउटा अध्याय पूरा गरेर लोकतन्त्र स्थापना गरेको र लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गरेर नयाँ संविधान मार्फत त्यसको कार्यन्वयनको प्रक्रियालाई अगाडि बढाइएको बताए।
‘आजको हाम्रो ऐतिहासिक कार्यभार भनेको आर्थिक क्रान्तिलाई सफल पार्नु र सामाजिक न्याय सहित समृद्धिको लक्ष्यसहित हो र संविधानले निर्दृष्ट गरेअनुसार समाजवादको आधार तयार पार्नु हो’, उनले भने, ‘त्यो कार्यभारलाई पूरा गर्न मेरो तर्फबाट, हामी निर्वाचितहरुको तर्फबाट सम्पूर्ण प्रयत्न गर्नेछौं।’
उनले पार्टीको विचार राजनीति र निर्देशनलाई केन्द्रबिन्दुमा राखेर र आजको देशको ऐतिहासिक कार्यभारलाई पूरा गर्ने गरी आफूहरू अगाडि बढ्ने बताए।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए।
भिडियाे
प्रतिक्रिया