काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पिजडाँ’मा फसेको आरोप लगाएका छन्।
भट्टराईले बिहीबार एक ट्वीट गर्दै प्रचण्ड माथि व्यङ्ग्य प्रहार गरेका हुन्। बुधबार खुमलटारमा प्रचण्डले समाजवादी पार्टीमा बाबुराम भट्टराई र अशोक राई निरीह भएर बसेको टिप्पणी गरेका थिए।
इन्टरनेट सञ्जाल ट्वीटरमा प्रचण्डको सो टिप्पणीमाथि जवाफ दिँदै बाबुरामले प्रचण्ड स्वयम् केपी शर्मा ओलीको पिंजडाभित्र छटपटाइरहेको उल्लेख गरेका छन्।
पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँग;कस्लाई दिने वर……?
— Baburam Bhattarai (@brb1954) January 23, 2020
भट्टराईले लेखेका छन्-‘पञ्चतन्त्रको कंकड़ लुब्ध पान्थ कथामा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्, आफैं त महादेव उत्तानो टाँग : कस्लाई दिने वर?’
प्रधानमन्त्री ओलीको पिंजडामा छटपटाइरहेका दाहालले आफूहरुलाई पनि सोही जालमा बोलाएको भन्दै बाबुरामले कटाक्ष गरेका हुन्।
प्रतिक्रिया