+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमी न्यून चापीय रेखाका कारण देशभर बदली, पानी पर्ला?

4KNationalDaily
२०७६ माघ १०, शुक्रबार ०८:२३ बजे

काठमाडौं-  आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो।

यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आकाशमा बादल लाग्ने भएकाले आगमी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताइन्।

‘पश्चिमी न्यून चापीय रेखा मात्रै छ, प्रणाली होइन,’ मौसमविद् पोखरेलले भनिन्, ‘यसले वर्षा तथा हिमपात गराउने सम्भाना हुँदैन, तर घाम लाग्न पनि दिँदैन, मौसम धुम्म भइरहन्छ।’

तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने उनले बताइन्।

काठमाडौंको मौसम

काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ। मौसमविद् विभूति पोखरेलका अनुसार पानी पर्ने सम्भावना भने छैन। तर दिनभर घाम पनि लाग्ने देखिन्न।

शनिबार बिहान ५:४५ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily