+
Search

ताजा अपडेट +

पपुलर +

नेपालले सिधै सन् २०२१ को टी-२० विश्वकप छनोट खेल्ने

4KNationalDaily
२०७६ माघ १०, शुक्रबार ०८:४७ बजे

काठमाडाैं- नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ ।

नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् ।

अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ ।

सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् ९युएई०, हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ । ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ ।

टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो । टी–२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२औँ स्थानमा छ ।

यस्तै जिम्बावे ११औँ, युएई १५औँ तथा हङकङ २०औँ स्थानमा छ ।

उक्त ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानका रहने चार टोलीले सन् २०२१ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्।

टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भए पछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily