भरतपुर- सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा लीग हुन लागेको हो ।
नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीलाई थप मौका प्रदान गर्ने बताए । उनले क्रिकेट विकासकै लागि नारायणी एडभर्टाइजिङसँग सहकार्य गर्दै अघि बढेको बताए ।
प्रतिक्रिया