+
Search

ताजा अपडेट +

पपुलर +

बिराज र निकिताको ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक [भिडियाे]

4KNationalDaily
२०७६ माघ १३, सोमबार ०७:२४ बजे

काठमाडाैं-  फिल्म ‘साङ्लो’ को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।

गीतमा अभिनेता विराज भट्ट र निकिता चण्डक फिर्चड छन् । अघिल्लो गीत ‘चरीले काफल टिप्यो’ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । जसमा गीतको शब्द रचना समेत निशानले नै गरेका हुन् । गीतमा कोरियोग्राफी रामजी लामिछानेको हो ।

एक्सन प्रधान सिनेमालाई विराज आफैले निर्माण तथा निर्देशन गरेका हुन् ।

सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ । फिल्म माघ २४ देखि रिलिज हुँदैछ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily