काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे । उनले टेक बहादुर बुढाथोकीको पासमा खेलको ७४ औं मिनेटमा गोल गरे ।
यस जितसँगै आर्मीले ९ खेलमा २० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ । जावलाखेल १२ अंकसहित सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया