+
Search

ताजा अपडेट +

पपुलर +

सभामुख सापकोटा विरूद्दको अन्तरिम आदेश अदालतद्वारा अस्विकार

4KNationalDaily
२०७६ माघ १४, मंगलवार १८:५८ बजे

काठमाडौं- सभामुख निर्वाचित अग्नि सापकोटाविरूद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने सत्तारुढ नेकपाको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

साथै उनले सापकोटा सो पदका लागि अयोग्य भएको दाबी रिटमा गरेका थिए ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भइ सपथ लिएर पदभारसमेत ग्रहण गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily