काठमाडौं- कोलम्बियन पप स्टार साकिरा फेब्रुअरी २ मा आफ्नो ४३ औँ जन्मदिन मनाउँदैछिन्। यो जन्मदिनमा उनको बाल्यकालदेखिको सपना साकार हुने भएकाे छ।
साकिरा फ्लोरिडाको मियामीको हार्डरक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज सेयर गर्दैछिन्। सुपर बाउल हाफटाइम सोमा आफ्नो प्रस्तुती दिनु उनको बाल्यकालदेखिको सपना थियो।
२०२० को सुपर बाउल सोका लागि जेनिफर र साकिरा जनवर अन्तिममा रिहर्सल सुरु गर्दैछन्। सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक इभेन्ट हो। २०१९ च्याम्पियनसिपको बिजेता इङ्ल्यान्ड पेट्रिय्याट्स हो।
प्रतिक्रिया