+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा केन्द्रीय समिति बैठक : आज समूहगत छलफल

4KNationalDaily
२०७६ माघ १६, बिहीबार १२:३२ बजे

काठमाडौ– बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय समितिमा आज समूहगत छलफल सुरु हुँदैछ। अध्यक्षद्वय र महासचिवको प्रतिवेदनमा टिप्पणी गर्न १५ वटा समूह गठन गरिएको छ।

उनीहरुले छलफल गरेर सामूहिक प्रतिवेदन बनाउँदै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधानको प्रतिवेदनमा टिप्पणी गर्नेछन्। शुक्रबारको पूर्ण बैठकमा समूह नेताले त्यसलाई प्रस्तुत गर्ने छन्।

समूहहरुले अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक र विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल गर्ने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily