गाेरखा- बारपाक-सुलिकाेट गाउपालिका स्तरिय प्रेम ढकाल स्मृति वडा कपकाे उपाधी वडा नम्बर ८ पन्द्रुङले उचालेकेा छ ।
फाईनल खेलमा वडा नम्बर ६ लाई ३-० गोलको अन्तरल निकाल्दै वडा न ८ विजयी भएकाे हाे।
प्रतियोगितामा प्रथम बिजेता वडा नम्बर ८ ले नगद रु ५० हजार, उपबिजेताले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा गाउँपालिकाका सम्पूर्ण वडा बाट एक/एक गरी जम्मा ८ टिम सहभागी थिए ।
८ टिमकाे सहभागिता रहेकाे खेलमा उत्कृष्ट खेलाडीलाई मात्रै दिएको र अन्य हाई स्क्वायर र बेस्ट किपरलाई आयोजकले पुस्कार दिने भनेर जनाए पनि आयोजकले नदिएको बिजेताहरूले गुनासो गरेका छन् ।
खेलको उद्घाटन गाउपालिका अध्यक्ष बिष्णु भट्टले गरेकाे वडा नम्बर ८ को म्यानेजर रमेश बराम जानकारी दिए ।
प्रतिक्रिया