गोरखा- अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् ।
चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
छात्रवृत्तिका लागि निवेदन संकलनको काम भइरहेको गाउपालिकाले जनाएकाे छ ।
‘दुइ वा एक छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पतिका छोरीहरु कक्षा ११ र १२ मा पढ्दै छन् भने गाउँपालिका कार्यालयको शिक्षा शाखामा आएर उहाँहरुले निवदेन दिन सक्नुहुनेछ, सामाजिक विकास समितिले आएको निवदेनमाथि छानविन गरी छात्रवृत्तिका लागि स्वीकृत गर्छ अनि छात्रवृत्ति उपलब्ध हुन्छ,’ गाउपालिका सुचना अधिकारी सुरेश दवाडीले भने ।
जनसंख्या वृद्धिदर न्यूनिकरणका लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । ‘छोराको आशमा धेरै सन्तान जन्माउने, अनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कम गर्न पनि यो कार्यक्रम ल्याएका हौं,’ उनले भने ।
प्रतिक्रिया