+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा नेताहरुको सम्पत्ति छानबिन अनुशासन आयोगले गर्ने

4KNationalDaily
२०७६ माघ १९, आईतवार १८:०८ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको सम्पत्तिको जिम्मा अनुशासन आयोगलाई दिने भएको छ ।

बैठकमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगले नै सम्पत्ति छानविन तथा अनुशासन पालना गराउने बताए ।

सम्पत्ति छानविनको काम सबैभन्दा पहिले सचिवालय सदस्यहरुबाटै गर्ने एक केन्द्रीय सदस्यले बताएका छन् ।

नेताको सम्पत्ति पारदर्शी नभएको भन्दै केन्द्रीय कमिटी बैठकमा नेताहरुले सम्पत्ति छानविन आयोग गठनको माग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily