+
Search

ताजा अपडेट +

पपुलर +

प्रकाश र सपनाको ‘लौरी गोगनको’ बजारमा [भिडियो]

4KNationalDaily
२०७६ माघ २०, सोमबार १९:४८ बजे

काठमाडौं- लोक दोहोरी गायक तथा सर्जक प्रकाश कटुवाल र सपना थापाको प्रस्तुतीमा ‘लौरी गोगनको’ बोलको गीत सार्वजनिक भएको छ।

गीतबाट सामाजिक यथार्थता भित्रको पिडा मात्र होइन, हरेक मानवको जीवनलाई सरल बनाउनका लागि रोमाञ्चक गीतहरु पनि बजारमा आउनु पर्दछ भन्ने मान्यता राख्ने प्रकाशले यस अघि पनि थुप्रै रोमाञ्चक शैलीका गीतहरु सार्वजनिक गरिसकेका छन्।

प्रस्तुत गीतमा प्रकाश कटुवाल र सपना थापाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय तथा शब्द सिर्जना पनि उनै कटुवालले भरेका हुन्।

गीतको म्युजिक भिडियोमा रेखा थापासँगको आकर्षक नृत्य सहित प्रकाश आफै नै देखिएका छन्।

भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिश्वकर्माले गरेका छन्।

भिडियो

https://www.youtube.com/watch?v=EOoEiBAdT5E&feature=emb_title

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily