+
Search

ताजा अपडेट +

पपुलर +

महरालाई भेट्न डिल्लीबजार कारागार पुगे बाबुराम भट्टराई

4KNationalDaily
२०७६ माघ २०, सोमबार १९:५१ बजे

काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन्।

सोमबार डिल्ली बजार कारागार पुगेर डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महरालाई भेटेका हुन्। डा. भट्टराईले महरासँग करिब एक घण्टा कुराकानी गरेका थिए।

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा सभामुख निवासबाटै पक्राउ परेका थिए।

महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो।

आदेशविरुद्ध उनी उच्च अदालत पुगेपनि उच्चले जिल्लाकै आदेश सदर गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily