+
Search

ताजा अपडेट +

पपुलर +

चुम्बनको दृश्य गर्दा केही मज्जा आउँदैन, निकै दबाब महसुस हुन्छः दिशा पाटनी

4KNationalDaily
२०७६ माघ २१, मंगलवार ०७:१६ बजे

काठमाडौं- दिशा पाटनीको आगामी फिल्म ‘मलंग’ फेब्रुअरी ७ तारिखमा रिलिज हुँदैछ ।

फिल्मको प्रोमोशनमा व्यस्त दिशाले मिडियासँग कुराकानी गरिरहेकी छिन् । यतिबेला उनले फिल्मसँग सम्बन्धित दृश्यबारे कुरा गरेकी छिन् । फिल्म ‘मलंग’ मा उनीबाहेक सिद्धार्थ कपूर, अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्ममा दिएको बोल्ड र किसिङका दृश्य दिँदा ट्रोलिङको सामना गर्नुपर्दा कस्तो महसुस हुन्छ भन्ने प्रश्न सोध्दा उनले भनेकी छिन्, ‘अब त बानी जस्तै भइसकेको छ ।

सोसल मिडियामा त सबैले ट्रोलिङको सामना गर्नुपर्छ । अब म यसको लोड लिन सक्दिनँ, बानीजस्तै परिसकेको छ । र मीम्सको कुरा गर्ने हो भने हामीले मीम्स हेर्दैनौं भन्ने हुँदैन । हामी मोबाइलमा ती मीम्स हेर्छौं ।

कसैले मीम्स बनाएर हँसाइरहेको छ भने त्यसमा के गलत भयो र ? राम्रै हो नि…हामीलाई पनि रमाइलो गर्न दिनुहोस् र उनीहरुलाई पनि मज्जा लिन दिनुहोस् ।’

यस्तै, चुम्बन गर्न को अभिनेतासँग सहज भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘म कसैसँग पनि सहज हुदिनँ । मानिसहरुले सोच्लान् कि चुम्बन गर्दा मज्जा आउँछ होला, तर यस्तो हुँदैन ।

जब तपाईं यस्ता दृश्य गरिरहनुभएको हुन्छ तब तीनवटा ठूला क्यामरा तपाईं अगाडि तेर्सिएका हुन्छन् । ५० जना सेटमा हुन्छन् ।

जसले तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जनाले मोनिटरमा हेरिररहेका हुन्छ । यस्तोमा अत्यधिक दबाब महसुस हुन्छ, केही मज्जा आउँदैन ।’

यसका साथै उनले सोसल मिडियामा आउने कमेन्ट आफूले पढ्न छोडेको बताएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily