+
Search

ताजा अपडेट +

पपुलर +

फाटफुट वर्षा र हिमपातको सम्भावना

4KNationalDaily
२०७६ माघ २१, मंगलवार ०७:४३ बजे

काठमाडौं- आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

यस्तै तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हिमपातको पनि सम्भावना छ। तर यो सम्भावना पनि निकै कम रहेको उनले बताइन्।

तराईमा भने अहिले वर्षाको सम्भावना छैन। यस्तै काठमाडौंमा उपत्यकामा पनि आजलाई वर्षाको सम्भावना छैन। ‘तर आंशिक बदली (कहिले घाम कहिले बादल) भने हुने देखिन्छ,’ उनले भनिन्।

अहिले (मंगलबार बिहान सवा ७ बजे) काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस छ। अहिले तराईमा खासै हुस्सु कुहिरो पनि लागेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily