+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना नियन्‍त्रणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ : स्वास्थ्य मन्‍त्री

4KNationalDaily
२०७६ माघ २१, मंगलवार १६:४८ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा मन्त्री ढकालले कोरोना भाइरसबाट बच्‍नका लागि सरकार तयार रहेको बताए ।

नेपालमा कोराेना भाइरस नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ।

मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिए।

‘सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल गर्‍यो’, मन्त्री ढकालले भने, ‘अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, दुईदेखि १४ दिनसम्म संक्रमित हुनसक्छ,’ उनले बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा जोड दिए।

चीनबाट आउन चाहने नेपालीलाई ल्याउने तयारी

चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेकाे मन्त्री ढकाले बताए।

ढकालका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको छ।

‘परीक्षण गर्दा पोजेटिभ देखिएमा चीन सरकारले नेपाल पठाउँदैन’, मन्त्री ढकालले भाे, ‘नेपाल आउन चाहने १८० जनाले चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन्।’

मन्त्री ढकालका अनुसार नेपालमा ल्याएपछि १४ दिनसम्म परीक्षणमा राखिन्छ।

‘भाइरस नदेखिए सार्वजनिक भेटघाटका लागि जान दिन्छौँ,’ उनले भने, ‘सरकारले उक्त भाइरस संक्रमितकाे उपचारकाे तयारीका लागि तीन अस्पताल र ४३ शय्याको व्यवस्था गरेको छ।

पोखरा, चितवन र भैरहवामा हेल्थ डेस्कको व्यवस्था गरेको छ। रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर हामीले काम गरेका छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily