+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली रेल तीन साताभित्रै सञ्चालनमा आउने

4KNationalDaily
२०७६ माघ २२, बुधबार ०८:०८ बजे

काठमाडौं- कुर्था-जनकपुर-जयनगर रेल फागनु दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो।

नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लोको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत प्रमण गरेका थिए।

भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये एउटा तीनसाता भित्रै र अर्को एक महिनापछि नेपाल आउने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily