+
Search

ताजा अपडेट +

पपुलर +

विजय गच्छदारको राजनीतिक यात्रामा धक्का, सांसद पद स्वतः निलम्बन

4KNationalDaily
२०७६ माघ २३, बिहीबार ०७:४८ बजे

काठमाडौं- कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सार्वजनिक उपमा नै बनेको छ-सदाबहार मन्त्री।

०७४ को निर्वाचनपछिका दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने उनीप्रति यो उपमा सही देखिन्छ।

२०४८ देखि निरन्तर शासन र शक्तिको वरिपरि रहेका गच्छदारको राजनीतिक यात्रामा बुधबार भने धक्का लागेको खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ।

अख्तियारले पछिल्लो पटक मुद्दा चलाएका राजनीतिक नेतामा गच्छदार हाइप्रोफाइका हुन्।

कांग्रेसमा उनी सपसभापति र संसदीय दलको उपनेतासमेत छन्। गच्छदारसँगै भ्रष्टाचार मुद्दामा परेका पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily