काठमाडाैं– साउथह्याम्टनविरुद्ध तीन–दुईको रोमाञ्चक जित निकाल्दै टोटनह्याम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा टोटनह्यानले दुई–एकले पछि परेको अवस्थामा जित निकालेको हो ।
निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा टोटनह्यामले उपहार गोलमार्फत अग्रता बनाएको थियो ।
साउथह्याम्टनका ज्याक स्टेफेन्सले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगे ।
३४औँ मिनेटमा शेन लाेङले गाेल गर्दै साउथह्याम्टनलाई बराबरीमा पुर्याए ।
पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ७२औँ मिनेटमा साउथह्याम्टनले खेलमा अग्रता लियो । उसका लागि ड्यानी इङ्सले गोल गरे ।
तर खेलको अन्त्यतिर १० मिनेटमा दुई गोल फर्काउँदै जोजे माउरिन्होको टिम टोटनह्यामले जित निकाल्न सफल भयो ।
७८औँ मिनेटमा लुकास मौराको गोलमा टोटनह्यामले खेल दुई–दुईको अवस्थामा पुर्यायाे ।
त्यसपछि ८७औँ मिनेटमा टोटनह्यामले पेनाल्टीको अवसर पायो । जसलाई सन ह्युङ मिङले गोल गर्न सफल भए ।
डेन अलीको पासलाई क्लियर गर्न खोज्दा साउथह्याम्टनका गोलकिपरले डिवक्समा फल गरेका थिए । जसलाई सनले पेनाल्टीमार्फत गोल गरे ।
प्रतिक्रिया