+
Search

ताजा अपडेट +

पपुलर +

नामजुङ्गमा ४ दिने नि:शुल्क आँखा शिविर हुदै

4KNationalDaily
२०७६ माघ २४, शुक्रबार १५:०० बजे

गोरखा- जिल्लाकाे सहिदलखन गाउँपालिका-९ नामजुङ्ग नि:शुल्क आँखा शिविर हुने भएको छ ।

पौरखी युवा क्लवको आयोजना र लाइन्स क्लव अफ एभरेस्टको सह-आयोजनामा ४ दिने नि:शुल्क आँखा शिविर हुन लागेको हो।

स्थानीय सरस्वती आधारभूत विद्यालयको प्राङ्गगणमा हुने शिविरमा टीचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा हुने अायाेजकले जनाएकाे छ ।

आँखा शिविर माघ २७ देखि फागुन १ सम्म चल्ने संयोजक टाेप प्रसाद लामिछ्नेले बताए ।

शिविरमा टीचिङ्ग हस्पिटलका वरिष्ठ डाक्टरहरुले उपचार गर्ने आयोजकले जनाएकाे छ ।

उक्त शिविरमा आँखाको नि:शुल्क अपरेशन समेत गरिनेछ ।  शिविर आउन नसक्ने अशक्त तथा वृद्धवृद्धको लागि ल्याउने-लाने व्यावस्था गरिएको संयोजकले लामिछ्नेले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily