+
Search

ताजा अपडेट +

पपुलर +

थापाको ‘अजम्बरी माया’ बजारमा

4KNationalDaily
२०७६ फाल्गुन १, बिहीबार २१:५४ बजे

गोरखा- राजु थापाकाे अजम्बरी माया बजारमा आएकाे छ । अजिरकाेट गाउँपालिका-५, मुच्चाेकका थापाकाे म्युजिक भिडियाे बजारमा आएकाे हाे ।

पुर्णकला विसि र राजु थापाकाे स्वर रहेको अजम्बरी मायामा सरिका केसि, एम बि गुरुङ, पृतम थापा मगरकाे अभिनय रहेकाे छ ।

बाल्यकालदेखि नै लोक संगीत र नृत्यमा रमाउने उनले कलेज जीवनमा पनि संगीतलाई नै आफ्नो जीवनको साथी बनाए ।

उनी देश विदेशमा रहदा पनि सङ्गीत क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तल्लिन रहेको पाइन्छ । विद्यालय जीवनमा जहिल्यै प्रथम हुने उनी अब संगीत क्षेत्रमा पनि प्रथम भएर लाग्ने बताउछन् ।

विभिन्न रोजगार, व्यवसाय आदिमा तल्लीन रहदा पनि उनको ध्यान भने संगीतमा नै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily