+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा क्षेत्रको बिकास गर्न सामुदायिक बिधालयको गुणस्तर बृद्धि गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७६ फाल्गुन ३, शनिबार ०९:१२ बजे

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताएका छन् ।

पालुङटार नगरपालिका–२ आँपपिपलकाे जनता माध्यमिक बिद्यालयको ६३ औ बार्षिकोत्सव तथा अभिभावक समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ताे बताएइका हुन् ।

‘शिक्षा क्षेत्रमा अहिले निजी बिधालय र सामुदायिक गरि बिधालय शिक्षाको कुरा चलिरहेको छ’ उनले भने ‘निजी बिधालयलाई दोष दिएर होइन, सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बिकास गरेर मात्र सामुदायिक बिधालयमा आर्कषण बढाउन सकिन्छ ।’

उनले निजी बिद्यालयलाई गाली गर्नुभन्दा सामुदायिक बिधालय शिक्षालाई गुणस्तरीय बनाउन सके शैक्षिक क्षेत्रको बिकास गर्न सजिलो हुने बताए ।

नेपालको शिक्षा क्षेत्रमा प्राबिधिक बिषयलाई ध्यान नपु¥याउदा लाखौ युवा पढेर पनि बिदेशिनु पर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्न सरकार लागि परेको समेत उनले जिकिर गरे ।

जनता माध्यमिक बिद्यालयको नाम जनयुद्धका महान सहिद शुरेस वाग्ले नाममा नामाकरण गर्ने उनले बताए । जनता माध्यमिक बिद्यालयको नाम परिबर्तन गर्न समितिले दिएको निबेदन शिक्षा मन्त्रालयमा पुगेको भन्दै यसको नाम परिबर्तन गर्न शिक्षा मन्त्रालयमा आफुले कुरा गर्ने पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily