काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रतिनिधिसभाको बैठकमा सम्बाेधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले हिजाे सम्बाेधन गर्ने भनिए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण सम्बाेधन आजका लागि सारिएकाे हाे।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे संसदमा सम्बाेधन गर्ने तय भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले सम्बाेधनमा दुई वर्षकाे अवधिमा सरकारले गरेका कामकाे बारेमा जानकारी गराउने छन्। ओलीकाे नेतृत्वमा सरकार गठन भएकाे आज दुई वर्ष पुगेकाे छ।
उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएको थियाे। शाेक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले संसदलाई सम्बाेधन गर्ने पूर्वनिर्धारित कार्यतालिका शनिबारका लागि सारिएको हाे।
प्रतिक्रिया