काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपलब्धि नै उपलब्धि हासिल गरेको भन्दै प्रतिनिधिसभामा गरेको सम्बोधनप्रति पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले टिप्पणी गरेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा ७ सय ३१ दिनको कामको बखान सुन्दा बँकी एक हजार ९४ दिन (आफ्नै पार्टीले छिर्के हानेन भने!) पनि यस्तै गफमा बित्ने भो भन्ने चिन्ता लाग्यो’, सामाजिक सञ्चार ट्विटरमा उनले लेखेका छन्।
डा भट्टराईले कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरू/मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ भन्दै ओलीलाई सचेत गराएका छन्।
प्रम@kpsharmaoliको संसदमा७३१दिनको कामको बखान सुन्दा बँकी१०९४दिन(आफ्नै पार्टीले छिर्केहानेन भने!)पनि यस्तै गफमा बित्नेभो भन्ने चिन्ता लाग्यो!कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरू/मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ!भीरबाट लड्ने गाईलाई..
— Baburam Bhattarai (@brb1954) February 15, 2020
प्रतिक्रिया